बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रुबेन ट्रपेलम्यानको घातक बलिङमा नामिबियाले जितका लागि २ सय २२ रनको लक्ष्य

रुबेन ट्रपेलम्यानको घातक बलिङमा नामिबियाले जितका लागि २ सय २२ रनको लक्ष्य

मेगा खबर संवाददाता

८, फाल्गुण २०७९
  • 916
    SHARES

  • रुबेन ट्रपेलम्यानको घातक बलिङमा नामिबियाले जितका लागि २ सय २२ रनको लक्ष्य

    काठमाडाैँ, फागुन ८

    रुबेन ट्रपेलम्यानको घातक बलिङमा नामिबियाले जितका लागि २ सय २२ रनको लक्ष्य पाएको छ ।

    टियु मैदानमा जारी रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४८,४ ओभरमा आउट हुँदै २ सय २१ रन बनाएको छ । स्कटल्याण्डका लागि क्रिटोफर म्याकब्रिडले ७५ बलमा ४७ रन बनाए ।

    टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन बनाए ।

    नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ९,४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिएका छन् । 

    सोमवार, फाल्गुण ८ २०७९०१:१५:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार