बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

माओवादी केन्द्रभित्र ४ तहको पाठ्यक्रम लागु गर्ने, प्रशिक्षण कार्यक्रम तय

माओवादी केन्द्रभित्र ४ तहको पाठ्यक्रम लागु गर्ने, प्रशिक्षण कार्यक्रम तय

मेगा खबर संवाददाता

५, फाल्गुण २०७९
  • 1.1K
    SHARES

  • माओवादी केन्द्रभित्र ४ तहको पाठ्यक्रम लागु गर्ने, प्रशिक्षण कार्यक्रम तय

    काठमाडाैँ, फागुन ५

    माओवादी केन्द्रले विचारधारालाई प्रभावकारी बनाउन चार तहको पाठ्यक्रम लागु गर्ने भएको छ । पार्टीको क्रान्तिकारी रूपान्तरण, विचारधारात्मक स्पष्टता,एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम लागु गरिने तय भएको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

    तत्काल माध्यामिक तहको पाठ्यक्रम अनुसार देशभर प्रदेशस्तरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । स्कुल विभागका प्रमुख तथा उपमहासचिव गिरिराजमणि पोखरेलको अध्यक्षतामा हालै बसेको बैठकले कार्ययोजना तय गर्दै चार तहको पाठ्यक्रमलाई लागू गर्ने निर्णय गरेको हो । 

    बैठकले सबै प्रदेशका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम तय गरेको छ । प्रदेश १ मा फागुन १४, १५ र १६ गते,गण्डकी प्रदेशमा फागुन १९,२० र २१ गतेका लागि तय गरिएको छ । लुम्बिनी प्रदेशमा फागुन २४, २५ र २६ गते, कर्णाली प्रदेशमा फागुन २९, ३० र चैत १ गते प्रशिक्षक प्रशिक्षण कार्यक्रमको तालिका तय गरिएको छ । सुदूरपश्चिम प्रदेशमा चैत ४, ५ र ६ गते, मधेस प्रदेशमा चैत ९, १० र ११ गते, बागमती प्रदेशमा चैत १४, १५ र १६ गते, उपत्यका विशेष प्रदेशमा चैत १७, १८ र १९ गते, सम्पर्क समन्वय प्रदेश समितिमा चैत २०, २१ र २२ गते र प्रवास समन्वय प्रदेशमा चैत २३ देखि हरेक दिन २ घण्टाका दरले एक साता गर्ने तय भएको एक नेताले बताए । 

    ती नेताका अनुसार प्रशिक्षण कार्यक्रमा प्रत्येक पालिकाबाट १ जना, प्रत्येक जिल्लाबाट ५ जना र प्रदेश स्कुल विभागबाट सबै जनाको अनिवार्य उपस्थिति हुनुपर्ने नियम बनाइएको छ । प्रशिक्षणको व्यवस्थापन सम्बन्धित प्रदेशले गर्नेछ भने प्रशिक्षण, पाठ्यक्रम र कक्षा सम्बन्धी अन्य व्यवस्था केन्द्रीय स्कुल विभागले गर्नेछ । 

    माओवादीका अनुसार आधारभूत तह (पाठ्यभार ३२ घण्टा), माध्यामिक तह (पाठ्यभार ४२ घण्टा) र उच्च तह (पाठ्यभार ४२ घण्टा) रहनेगरी पाठ्यक्रम तयार गरिएको छ । अनुसन्धानात्मक तहमा समकालीन मुद्दामा केन्द्रीत रहेर अनुसन्धान गर्नेगरी पाठ्यक्रम बनाइएको छ । 

    स्कुल विभागले छनोट गरेका विषयहरुमा केन्द्रीत रहेर अनुसन्धानको कामलाई अघि बढाउने योजना बनाइएको छ । अनुसन्धानको कार्य गर्दा केन्द्रीय स्कुल विभागका सदस्यहरू र विषयविज्ञहरु रहने गरी कार्यदल, संरचना रहने बताइएको छ । 
    कक्षा सञ्चालन गर्दा केन्द्रीत तहमा २ वटा चच्च तहको कक्षा सञ्चालन गरिने छ भने प्रदेश तहमा वर्षमा एउटा मध्यम तहको कक्षा सञ्चालन गरिनेछ ।

    पालिका तहमा वर्षमा एउटा आधारभूत तहको कक्षा सञ्चालन गर्ने माओवादी केन्द्रको योजना छ । विभागले हाललाई माध्यमिक तहको पाठ्यक्रम तयार गरेको छ । 

     

    शुक्रवार, फाल्गुण ५ २०७९११:२४:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार