काठमाडाैँ, फागुन १
काठमाडौँको पशुपतिनाथ परिसरमा महाशिवरात्रि नजिकिएसँगै चहलपहल र रङ्गरोगनको काम सुरु भएको छ ।
कोरोना सङ्क्रमणको त्रास कम भएकोले यस वर्ष पशुपति क्षेत्रमा महाशिवरात्रिको अवसरमा दर्शनार्थी बढ्ने अनुमान पशुपति विकास कोषले गरेको छ । टाढाटाढाबाट दर्शनार्थिहरु महाशिवरात्रि नजिकिएसगैँ आउने सङ्ख्या समेत बढ्न थालेको छ ।
महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्रि ६ फागुनमा परेको छ ।



















