बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

यी चार प्रदेशमा हिमपातको सम्भावना

यी चार प्रदेशमा हिमपातको सम्भावना

  • 1.2K
    SHARES

  • यी चार प्रदेशमा हिमपातको सम्भावना

    देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल प्रदेश एक,गण्डकी,कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली छ । 

    आज दिउँसो प्रदेश एक,गण्डकी,कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना छ । राति प्रदेश एकको  उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ ।

    हिमपातको सम्भावना रहेको स्थानमा र तराईका केही भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक जनजीवन,स्वास्थ्य,सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

     

    आइतवार, माघ २९ २०७९०७:००:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार