आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुदैछ । आज समूह ‘ए’ र समूह ‘बी’ का खेलहरु हुदैछन् ।
आज हुने पहिलो खेलमा इङ्ल्यान्डले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुबै टोली प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा छन् । आज नै हुने दोस्रो खेलमा समूह ‘ए’ मा रहेका साबिक बिजेता अष्ट्रेलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।
पार्लस्थित बोल्याण्ड पार्कमा दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०ः४५ बजे आयोजना हुनेछ । प्रतियोगितामा १० टोलीको सहभागीता छ । सहभागी १० टोलीलाई ५-५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।