बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि

अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि

मेगा खबर संवाददाता

२६, भाद्र २०७७
  • 1.4K
    SHARES

  • अपराजित रहँदै ट्रिनबागोले जित्यो सीपीएल उपाधि

    काठमाडौं। ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै उपाधि उचालेको हो ।

    ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै अपराजित रहेर प्रतियोगता सकाएको हो । सीपीएलको सर्वाधिक सफल टोली ट्रिनबागोले समग्रमा चौथो पटक उपाधि जितेको हो ।

    कप्तान काएरन पोलार्ड बलिङमा र ओपनर लेन्डल सिमोन्स ब्याटिङमा चम्किएपछि ट्रिनबागो आठौं संस्करणमा च्याम्पियन बन्यो ।

    जुक्सले लिएको १५५ रनको लक्ष्य ट्रिनबागोले १८।१ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गरेको हो । जसमा सिमोन्सले अविजित रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ४९ बल खेल्दै ८ चौका र ४ छक्का प्रहार गरे ।

    यस्तै डारेन ब्राभोले अविजित ४८ रन बनाए । उनले ४७ बल खेल्दै २ चौका र ६ छक्का प्रहार गरे । सुनिल नारिनले फाइनल नखेलेपनि अन्य खेलाडीले उनको अभाव हन दिएनन् ।टिओन वेब्स्टर  ५ र टिम साइफर्ट ४ रन बनाएर आउट हुँदा ट्रिनबागोले १९ रनमा २ विकेट गुमाएको थियो । तर त्यसपछि सिमोन्स र ब्राभोले तेस्रो विकेटका लागि शतकिय साझेदारी गरे । यी दुईले अविजित १३८ रनको साझेदारी गरे । जुक्सका स्कट कुगेलिन र रोसटन चेसले १(१ विकेट लिए ।

    त्यसअघि ब्रायन लारा क्रिकेट एमेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले १९–१ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनाएको थियो । जुक्सका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ३९ रन बनाए । यस्तै ओपनर मार्क दयाले २९, नजिबुलल्ह जद्रानले २४ तथा रोस्टन चेसले २२ रन बनाए ।

    जुकसलाई अलआउट गर्न ट्रिनबागोका कप्तान पोलार्डले ४ विकेट लिए । पोलार्डले ४ ओभरमा ३० रन खर्चिए । यस्तै अली खान र फवाद अहमदले २(२ विकेट लिए ।

    ट्रिनबागोका ब्याटम्यान सिमोन्स फाइनल खेलको म्यान अफ दि म्याच भए । यस्तै ट्रिनबागोलई अपराजित बनाउँदै उपाधि जिताउन नेतृत्व गरेका पोलार्ड म्यान अफ दि सिरिज घोषित भए । उनले लिगभर ११ खेल खेल्दै २०७ रन बनाए भने बलिङमा ८ विकेट लिए ।

    ट्रिनबागोले यसअघि २०१५, २०१७ र २०१८ मा उपाधि जितेको थियो । यसबाहेक जमैका तवालज र बार्बेडोस ट्राइडेन्ट्सले समान २ पटक उपाधि जितेका छन् ।

    शुक्रवार, भाद्र २६ २०७७०८:५७:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार