बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मिस नेपाल-२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै

मिस नेपाल-२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै

  • 1.4K
    SHARES

  • मिस नेपाल-२०२३ को अडिसन इटहरीबाट सुरु हुँदै

     काठमाडाैँ, माघ २४

    मिस नेपाल-२०२३ को देशव्यापी अडिसनको सुरुवात इटहरीबाट हुने भएको छ ।

    आयोजक संस्था द हिडन ट्रेजरले शनिबार अडिसन हुन लागेको जनाएको छ । जसका लागि बिहीबार मिस नेपालको टोली त्यसतर्फ प्रस्थान गर्दैछ । इटहरीको होटल मादेन इनमा हुने अडिसनमा सहभागी हुन इच्छुकलाई हिडन ट्रेजरले आग्रह गरेको छ । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारी छ ।

    इटहरीपछि वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत,धनगढीमा मार्च १५ सम्म क्षेत्रीय अडिसन हुने उल्लेख छ । सबैभन्दा अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी छ । अघिल्लो संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन क्षेत्रीय अडिसनको थालनी गरेको थियो । जसकारण अघिल्लो संस्करणमा मात्र ७०० आवेदन प्राप्त भएको थियो ।

    क्षेत्रीय अडिसनमा पनि मिस नेपाली प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का सहभागी हुनेछन् । इटहरीमा चार जना भाग्यशाली प्रतिस्पर्धीले तीनै जना मिस नेपालसँग डिनर गर्न पाउने जनाइएको छ । 

    मंगलवार, माघ २४ २०७९०१:३७:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार