बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

सरकारबाट बाहिरिने रास्वपाको निर्णय

युर्बसि पाैड्याल

२२, माघ २०७९
  • 1.1K
    SHARES

  • सरकारबाट बाहिरिने रास्वपाको निर्णय

    काठमाडौं, माघ २२

    राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सो निर्णय गरेको छ ।  प्रधानमन्त्री प्रचण्ड सभापति रवि लामिछानेलाई मन्त्री नबनाउने र सो पार्टीलाई गृहमन्त्रालय नदिने सन्देश दिएलगत्तै सो पार्टीले सरकारबाट बारिहने निर्णय गरेको हो । 

    बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ ।  रास्वपाबाट सरकारमा मन्त्रीहरु बनेकाहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले जानकारी दिए ।  

    नेपाली नागरिकता लिएपछि उनी उपप्रधान तथा गृहमन्त्रीमा फर्किन चाहेका थिए । तर लगातार सम्वाद गर्दा पनि प्रधानमन्त्री  प्रचण्ड गृह मन्त्रालय दिन तयार नभएपछि रास्वपाले सरकार नै छाड्ने निर्णय गरेको हो । 

    आइतवार, माघ २२ २०७९०४:२१:२७
    सम्बन्धित समाचार