बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

भारतले दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित

भारतले दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित

  • 982
    SHARES

  • भारतले दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित

    भारतले दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डमाथि ६ विकेटको रोमाञ्चक जित निकालेको छ ।

    योसँगै घरेलु टोलीले तीन टी-२० अन्तर्राष्ट्रिय खेलको सिरिज १-१ को बराबरीमा ल्याएको छ ।

    जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको भारतले अन्तिम बल बाँकी रहँदै ४ विकेट गुमाएर पूरा गर्‍यो ।भारतको जितमा सूर्यकुमार यादवले सर्वाधिक २६ रन बनाए । ३१ बलमा १ चौकासहित उनी अविजित रहे । हार्दिक पान्ड्या २० बलमा १ चौकासहित १५ रनमा अविजित रहेका छन् । 

    भारतलाई जितको लागि अन्तिम ६ बलमा ६ रन आवश्यक थियो । तीव्र गतिका बलर ब्लेयर टिकनरले पहिलो पहिलो बलमा हार्दिक पान्ड्यालाई एक रन दिए । दोस्रो बल सूर्यलाई डट राखे । तेस्रो बलमा कट एण्ड बोल्ड गर्न चुकेका थिए । चौथौ बलमा एक रन दिएपछि दुई बलमा तीन रन आवश्यक थियो। पाँचौं बलमा सूर्यले चौका हान्दै रोमाञ्चक जित दिलाएका छन् । 

    यसअघि ओपनर ईशान किशनले १९ रन बनाउँदा शुभमन गिलले ११ रन बनाए।  राहुल त्रिपाठीले १३ रन बनाउँदा वासिन्टन सुन्दरले १० रन जोडेका छन् । न्युजिल्यान्डका स्पिनर माइकल ब्रेसवेलले र ईश सोधी १-१ विकेट लिए ।

    त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान मिचेल सान्टनारले सर्वाधिक १९ रन बनाएर नटआउट रहेका छन् । मार्क च्यापम्यान र माइकल ब्रेसवेलले समान १४–१४ रन बनाउँदा फिन आलेन र डेभोन कन्वेले समान ११-११ रन बनाएर आउट भएका छन् ।  अन्य कुनै पनि न्युजिल्यान्डका ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    भारतका अर्शदीप सिंहले २ विकेट लिँदा कुलदीप यादव, युजभेन्द्र चहल,दीपक हुडा,वासिन्टन सुन्दर र हार्दिक पान्ड्याले समान १-१ विकेट लिएका छन् ।  

    सोमवार, माघ १६ २०७९११:४७:२७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार