बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बागमती मन्त्रिपरिषद्‍मा ८ नयाँ अनुहार, कसलाई कुन जिम्मेवारी ?

बागमती मन्त्रिपरिषद्‍मा ८ नयाँ अनुहार, कसलाई कुन जिम्मेवारी ?

  • 1.2K
    SHARES

  • बागमती मन्त्रिपरिषद्‍मा ८ नयाँ अनुहार, कसलाई कुन जिम्मेवारी ?

    काठमाडौ, माघ ११

    वाग्मती प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषद् विस्तार गरेसँगै ११ सदस्य मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । 

    उनले पहिले नै नियुक्त भएका मन्त्रीहरुको कार्यभार पनि तोकेका छन् । वाग्मतीमा एमालेका जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री,केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री,एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री,रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका छन् । 

    माओवादी केन्द्रका युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री र कुमारी मोक्तानले सामाजिक विकास मन्त्री,नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् । 

    राप्रपाका उद्धव थापा खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्री,डम्बर तामाङ पर्यटन,उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री बनेका छन् । 

    बुधवार, माघ ११ २०७९०४:५०:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार