बागमती प्रदेशमा ११ वटा मन्त्रालय हुने भएका छन् । गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेले मुख्यमन्त्रीको शपथ लिएकै दिन मन्त्रालय संख्या हेरफेरका लागि गठित कार्यदलको सुझावमा ११ वटा मन्त्रालय कायम गर्न सुझाव दिएको हो ।
बागमती प्रदेशमा यसअघि १४ मन्त्रालय रहेका थिए । सोमबार कार्यदलले तयार पारेको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री जम्मकटटेलले कार्यदलको सुझाव अनुसार अव बागमती प्रदेशमा ११ वटा मन्त्रालय हुने बताए । कार्यदलले प्रदेशका कुल सांसदको १० प्रतिशत नबढ्नेगरी मन्त्री बनाउन सुझाव दिएको छ ।
‘कार्यदलले बुझाएको प्रतिवेदन अनुसार अव ११ वटा मन्त्रालय हुन्छन्, त्यसको निर्णय आजै बस्ने क्याविनेटले निर्णय गर्छ’, मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । मुख्यमन्त्री जम्कटटेलले मुख्यसचिव मुकुन्द निरौलाको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेका थिए ।
जसमा आन्तरिक तथा कानुन मन्त्रालयका सचिव,आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव,मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव तथा कानुन र प्रशासन हेर्ने सचिव सदस्य रहेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।