बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ स्थगित

सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ स्थगित

  • 1.3K
    SHARES

  • सन्दीप लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ स्थगित

    काठमाडौं,माघ ९ गते

    नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध दायर भएको जगरजस्ती करणीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ स्थगित भएको छ ।

    काठमाडौं  जिल्ला अदालतमा विचाराधीन मुद्दामा सोमबारदेखि अन्तिम सुनुवाइ हुने भनिएको थियो । जिल्ला अदालतले सोमबारका लागि पेसी पनि तोकेको थियो । तर जाहेरवालाका तर्फबाट स्थगितको निवेदन दर्ता भएपछि पेसी सरेको हो । लामिछानेका कानुन व्यवसायी अधिवक्ता मुरारी सापकोटाका अनुसार अन्तिम बहसका लागि पेसी तोकिएको भए पनि अन्तिम समयमा जाहेरवालाबाट स्थगीतको निवेदन पेस भएको थियो । 

    काठमाडौं जिल्ला अदालतको थुनछेक आदेशपछि मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका सन्दीप उच्च अदालत पाटनको केही दिन अगाडिको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए । 

    पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध सन्दीप उच्च अदालत गएका थिए। उच्चले उनको निवेदनमा सुनुवाइ गर्दै शर्तसहित धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । उच्च अदालतको आदेशानुसार उनी अहिले थुनामुक्त हुँदै  मुद्दा लडिरहेका छन् ।  

    एक नाबालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सन्दीपविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मुलुकी अपराध संहिता अनुसार उनीमाथि नाबालिकामाथि बलल्तकार गरेको अभियोगमा कारबाही हुनुपर्ने सरकारी पक्षको दाबी थियो ।  

    सोमवार, माघ ९ २०७९०३:१२:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार