बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा

  • 1.9K
    SHARES

  • म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा

    म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । आइतबार राति पाँच गोलको रोमाञ्चक खेलमा आर्सनल ३–२ गोलअन्तरले विजयी बनेको हो । म्यानचेस्टर सिटीले वुल्भ्सलाई हराएपछि दबाबमा रहेको आर्सनलले उत्कृष्ट जवाफ दिँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम गर्न सफल रह्यो ।

    खेलमा अग्रता भने युनाइटेडले लिएको थियो । खेलको १७ औँ मिनेटमा २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै मार्कस रासफोर्डले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर लगत्तै एडी एनकेटियाले ग्रानिट जाकाको क्रसमा आर्सनललाई खेलमा फर्काए ।

    दोस्रो हाफमा बुकायो सकाले आर्सनललाई दिलाए पनि युनाइटेडले पनि ६ मिनेटपछि नै लिसान्ड्रो मार्टिनेजको गोलमा खेल बराबरी गर्न सफल भयो । बराबरीतर्फ अग्रसर खेलको अन्तिम मिनेटमा एनकिटेयाले खेलमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई रोमाञ्चक जीत दिलाए ।

    १९ खेलबाट अंक तालिकामा शीर्ष स्थानमा रहेको आर्सनलको ५० अंक रहेको छ भने २० खेल खेलेको युनाइटेडको ३९ अंक छ । युनाइटेड तालिकामा चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको सिटीले २० खेल खेल्दै ४५ अंक बटुलेको छ भने तेस्रो स्थानमा रहेको न्युक्यासलको ३९ अंक रहेको छ ।

    सोमवार, माघ ९ २०७९०७:३२:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार