बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आजको माैसम कस्तो रहला?

आजको माैसम कस्तो रहला?

  • 1.8K
    SHARES

  • आजको माैसम कस्तो रहला?

     हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । देशको तराइका भू-भागमा हुस्सु  कुहिरो लागेको छ ।

    हुस्सुकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाकाको अनुरोध छ ।

     महाशाखाका अनुसार सोमवार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

    भोलि सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली पहाडी भू-भागहरूका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । 

    सोमवार, माघ २ २०७९०७:४१:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार