बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि

चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि

  • 1.9K
    SHARES

  • चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि

    चिर प्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि हात पारे । रियललाई ३–१ गोलले हराउँदै जाभीले म्यानेजरको रूपमा पहिलो उपाधि हासिल गरे ।

    साउदी अरबमा भएको खेलमा बार्साले पूर्ण नियन्त्रण बनाएको थियो । १८ वर्षीय गाभीले रोबर्ट लेवान्डोस्कीको पासमा टोलीलाई अग्रता दिलाए । लेवान्डोस्कीले हाफटाइम अघि अग्रता दोब्बर बनाए । दोस्रो हाफमा गाभीले पेड्रीका लागि गोलको अवसर सिर्जना गरे ।

    खेलको अन्त्यतिर करिम बन्जेमाले सान्त्वना गोल फर्काए । रियलका गोलकिपर थियाबट कोर्टवाले बार्साका थुप्रै प्रयासहरूलाई असफल बनाएका थिए । जीतसँगै बार्साले सबैभन्दा प्रतियोगितामा अपराजित यात्रालाई ९ खेल पुर्‍याएको छ ।

     

    सोमवार, माघ २ २०७९०७:३८:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार