बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बलात्कारको आरोपमा पक्राउ 

बलात्कारको आरोपमा पक्राउ 

मेगा खबर संवाददाता

२५, भाद्र २०७७
  • 2.2K
    SHARES

  • बलात्कारको आरोपमा पक्राउ 

    डोटी । जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक आज युवती बलात्कार आरोपमा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्ने टेकबहादुर ओली  हुन् ।

    बिरामी युवतीलाई झारफुक गर्ने भनी आफ्नै गाउँकी युवतीलाई एक्लो अवस्थामा भेटेर बलात्कार गरेको उजूरीका आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

    अभियुक्त ओलीले आफूले झारफुक गर्ने र सन्तान नहुनेको हुन सक्ने भनी निज युवतीलाई यही भदौ ३ गते बलात्कार गरेको प्रहरी कार्यालयमा उजुरी परेपछि उनलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताएका छन् ।
    घटनाका पीडित र अभियुक्त युवकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

    बिहिवार, भाद्र २५ २०७७१२:१२:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार