काठमाडाैँ, पुस २९
क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत पुगेर तारेख बुझेका छन्।
केन्द्रीय कारागार सुन्धाराबाट तारेख बुझ्न उनलाई आज दिउँसो जिल्ला अदालत लगिएको थियो । लामिछाने थुनामुक्त हुने प्रक्रिया पूरा गर्न जिल्ला अदालतमा तारेख बुझेपछि कारागार नै फर्काइएको छ ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेका अनुसार अब कारागारमा स्वास्थ्य परीक्षण प्रक्रिया पूरा गरिसकेपछि उनी रिहा हुनेछन् । उच्च अदालत पाटनको आदेश अनुसार उनले प्रहरी प्रशासनको अनुमतिबिना काठमाडौं छाड्न पाउने छैनन् ।
उनलाई रिहा गर्नका लागि जिल्ला अदालत काठमाडौंलेआजै केन्द्रीय कारागार सुन्धारामा पत्र पठाएको थियो । उच्च अदालत पाटनले मागे अनुसारको २० लाख धरौटी सन्दीपका दाजु मोहन लामिछाने आज जिल्ला अदालत काठमाडौंमा बुझाएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।