काठमाडाैँ, पुस २७
प्रधानमन्त्री ‘प्रचण्ड’ र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानै प्रचण्ड र अधिकारीबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटका क्रममा आपसमा बधाई साटासाट हुनुका साथै गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार लगायतबारे विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
गण्डकीमा सत्ता भागबण्डाका क्रममा एमालेलाई मुख्यमन्त्री परेको थियो । पुस २५ गते अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीले हिजो संसदमा विश्वासको मत लिएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।