काठमाडाैँ, पुस २७
सुदूरपश्चिम प्रदेश सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुने भएको छ ।
प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचना अनुसार आज बिहान साढे १० देखि दिउँसो साढे २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय तोकिएको छ ।
निर्धारित समयभित्र सभामुखमा उम्मेदवारी दिने विषयमा दलहरू आन्तरिक छलफलमा व्यस्त छन् । एमाले नेतृत्वको गठबन्धनमा भागबण्डाका क्रममा सभामुख पाउने माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवारको विषयमा टुंगो नलागेको जनाएको छ ।
कांग्रेसले प्रदेश सरकार गठन र सभामुखको उम्मेदवार मनोनयनका सम्बन्धमा छलफल गर्न दलको बैठक बोलाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।