काठमाडाैँ, पुस २६
संखुवासभामा प्रहरीले हेलिकप्टरलाई नियन्त्रणमा लिएको छ ।
आज बिहान जेनेरेटर लिएर काठमाडौंबाट उडेको अल्टिच्युट एयरको ९ एन एएमएक्स हेलिकप्टर एक घण्टाका लागि प्रहरीले नियन्त्रणमा लिएको हो । गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी सिधै निषेधित क्षेत्रमा गएपछि प्रहरीले हेलिकोप्टर नियन्त्रणमा लिएको हो ।
भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको हेलिकोप्टरले निषेधित क्षेत्रमा जानुभन्दा पहिले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरेर चेकजाँचपछि मात्रै भोटखोलाको हटिया उडान गर्ने अनुमति लिएको थियो ।
प्रहरीले हेलिकोप्टरका पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर प्रहरीचौकी हटियामा राखेको जिल्ला प्रहरी प्रमुख डिएस्पी वीरेन्द्र गोदारले बताए । नियन्त्रणमा लिइएको हेलिकप्टरमाथि अनुसन्धान भइरहेको गोदारले जानकारि दिए । हेलिकप्टर नियन्त्रणपछि जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा पत्राचार भइसकेको उनले भने,हेलिकोप्टरले भोटखोला गाउँपालिकाको माक्पालुंगमा रहेको टेलिकमको टावर सञ्चालनका लागि जनेरेटर ल्याएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्छेदर भोटेले बताए ।
उनलाई प्रहरीले एक घन्टा नियन्त्रणमा लिएर छाडे पनि प्रहरीले उनीमाथि आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई पत्र लेख्ने तयारी समेत गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।