काठमाडाै, पुस २६
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।
प्रदेश सरकारमा एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापा सहभागी भएका हुन् । थपलियाले प्रदेशको अर्थ मन्त्रालय सम्हाल्ने अवसर पाएका छन् भने थापालाई विभागीय जिम्मेवारी तत्काल दिइएको छैन ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्रीको पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै जम्कट्टेलले प्रदेशको मन्त्रालय घटाउन कार्यदल निर्माण गरिएको निर्णयमा हस्ताक्षर गरे ।
मन्त्रालय कटौती गर्ने कार्यदल मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण भएको छ ।
कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालय,आन्तरिक मामिला तथा कानुन मन्त्रालय सहितका मन्त्रालयका सचिव,मुख्यमन्त्री कार्यालयका कानुन सचिव सहित पाँच सदस्यीय रहेको र त्यो थपघट हुने बताइएको छ । कार्यदलले बढीमा १५ दिन भित्र मुख्यमन्त्रीलाई प्रतिवेदन पेस गर्ने छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।