बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

रियालाई अंकिताको प्रश्न–‘जसलाई प्रेम गरियो उसैलाई ड्रग्स कसरी दिन सकिन्छ ?

रियालाई अंकिताको प्रश्न–‘जसलाई प्रेम गरियो उसैलाई ड्रग्स कसरी दिन सकिन्छ ?

मेगा खबर संवाददाता

२५, भाद्र २०७७
  • 2.7K
    SHARES

  • रियालाई अंकिताको प्रश्न–‘जसलाई प्रेम गरियो उसैलाई ड्रग्स कसरी दिन सकिन्छ ?

    मुम्बई। अभिनेता सुशान्त सिंहको पूर्व प्रेमिका अंकिता लोखण्डेले सुशान्तको परिवारको पक्षयमा लामो समयदेखि वकालत गर्दै आएकी छन् । उनले सुशान्तको न्यायको लागि आफू हरेक समय हरेक ठाउँमा गएर बोल्न तत्पर रहेको बताउँदै आएकी छन् । तर उनीमाथि पनि सुशान्तका फ्यानहरुले धेरै प्रश्न गरेका थिए । 

    जसको जवाफ अंकिताले हरेक समय दिएकी छन् ।  अंकतिाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेकी छन् । जसमा उनले सुशान्त आत्महत्या प्रकरण केसका हरेक घटना उल्लेख गरेकी छन् । पोस्टमा उनले रिया चक्रवर्तीलाई  निसाना लगाएकी छन् । अंकतिाले लेखेकी छन् –‘मैले कहिले पनि भनेको छैन कि यो हत्या हो । यसमा कोही जिम्मेवार छ । मैले हरेक समय सुशान्तको लागि न्यायको माग मात्र गरेको छु । उसको परिवारको साथमा उभिएकी छु । हामी मात्र यति चाहन्छौँ   की अनुसन्धानबाट सच्चाई बाहिर आओस् । ’ उनले त्यो हरेक समयको उल्लेख गरेकी छन् जतिबेला उनलाई सौतादेखि विद्यवासम्म भनिएको थियो । 

    सुशान्त र अंकिता लामो समयसम्मको प्रेमपछि एक अर्काबाट टाढा भएका थिए । अकिंता त्यही आधारमा सुशान्तको मानसिक अवस्थाको बारेमा जनकारी दिइरहेकी थिइन् जसको कारण उनी पनि विवादमा आइन् ।  रियाको विषयमा अंकतिाले लेखेकी छन् –‘एक तर्फ रिया डाक्टरसँग सुशान्त्लाई ठिक गराउने कोसिस गरिरहेकी थिए । अर्को तर्फ उसको लासगि ड्रग्सको प्रयोग गरिरहेकी थिइन् ।

    उसको स्वास्थ्य अवस्था ठिक छैन भने कसरी जसलाई प्रेम गरिन्छ उसैलाई ड्रग्स दिन सकिन्छ । ’ अंकिताले रियालाई सच्चाई लुकाएको आरोप पनि लगाएकी छन् । अंकतिाको नजरमा रिया एक गैरनिम्मेवार थिएन् । रियाले सुशान्तको स्वास्थ्य अवस्थाको बारेमा परिपारसँग बताएपछि ड्रग्सको कुरा लुकाएर ठूलो अपराध गरेको बताएकी छन् । 

     

    बिहिवार, भाद्र २५ २०७७०९:५९:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार