काठमाडौं, पुस २४
काठमाडौंको कीर्तिपुरमा जारी नेपाल टी-२० लिगमा स्पट फिक्सिङ भएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानबाट देखिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरे । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै जोड्दा पराजय व्यहोर्यो । लुम्बिनीका इशान पाण्डेले सर्वाधिक ३८, अनिल शाह २४, विपुल शर्मा २०, सेड्ली भान स्केल्कवेकले १७, लाहिरु मिलान्थाले १६, दिपेन्द्रसिंह ऐरी १० रन जोडे ।
जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुईरदुई विकेट लिँदा ग्रिफित र पवन शर्राफले समान एक विकेट लिए । जनकपुरका लागि सामिउल्लाह सिनवारीले सर्वाधिक ४५, ओपनर शरार्फुदिन असरफ २४, राजेश पुलामी १३, कप्तान ट्रेभोन ग्रिफितले १० रन जोड्दा पवन शर्राफ ३० रनमा अविजित छन् । लुम्बिनीका कप्तान दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान दुई दुई विकेट लिए भने शेड्ली भान स्केल्कवेले एक विकेट लिएका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।