बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पेलेको आज अन्त्येष्टि

पेलेको आज अन्त्येष्टि

  • 1.8K
    SHARES

  • पेलेको आज अन्त्येष्टि

    काठमाडाैँ, पुस १९

    विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदैछ ।

    अन्तिम संस्कारअघि ब्राजिलियन खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि साओ पाउलोस्थित उर्बानो काल्देरा रंगशालाको बीचमा राखिएको छ ।

    उनलाई श्रद्धाञ्जली दिन त्यहाँ हजारौं मानिसको भीड लागेको छ । तीन पटक विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा गत साता निधन भएको थियो । आज उनलाई समाधिस्थ गर्नुअघि सान्तोसमा उनको शवयात्रा गरिनेछ । 'हामी विश्वका हरेक देशलाई आफ्नो एउटा फुटबल रंगशालाको नाम पेलेको नाममा राख्न आग्रह गर्नेछौं, श्रद्धाञ्जली दिन पुगेका फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने ।

    पेलेको निधनपछि ब्राजिल सरकारले तीनदिने राष्ट्रिय शोक घोषणा गरेको छ । लामो समयदेखि क्यान्सरसँग जुधिरहेका ८२ वर्षीय पेलेलाई किमोथेरापीले काम नगरेपछि इन्ड अफ लाइफ केयरमा सारिएको थियो ।

     

    मंगलवार, पौष १९ २०७९१२:१४:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार