बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तराईमा हुस्सु, हिमाली भू-भागमा हल्का हिमपात

तराईमा हुस्सु, हिमाली भू-भागमा हल्का हिमपात

  • 2.4K
    SHARES

  • तराईमा हुस्सु, हिमाली भू-भागमा हल्का हिमपात

    काठमाडाैँ, पुस १२

    देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश एक,गण्डकी  तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहि  सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा हुस्सु लागेको छ ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    प्रदेश एक र गण्डकी प्रदेशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । प्रदेश एकको हिमाली भू-भागमा राति हल्का हिमपातको सम्भावना छ ।

    देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही  भू-भागमा  बिहानीपख हुस्सु लाग्ने संभावना रहेको हुनाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले  अनुरोध गरेको छ ।

     

    मंगलवार, पौष १२ २०७९०६:३५:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार