काठमाडाैँ, पुस ८
दोहोरो भूमिकामा रहेका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेश प्रमुख समक्ष पाण्डेले राजीनामा बुझाएका हुन् । बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका मुख्यमन्त्री पाण्डेले शुक्रवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
मुख्यमन्त्रीबाट राजीनामा नदिई सङ्घीय सांसदको शपथ लिएको भन्दै उनको चर्को आलोचना पनि भएको थियो । उनले राजीनामा दिए पनि अर्को मन्त्रिपरिषद् गठन नभएसम्ममा पाण्डेले नै मुख्यमन्त्रीको कार्य सञ्चालन गर्नुपर्ने संवैधानिक बाध्यता छ ।
संविधानको धारा १६९ ले अर्को मन्त्रिपरिषद् गठन नभएसम्म उनले कार्य सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । धारा १६९ (३) मा मुख्यमन्त्री पद रिक्त भए तापनि अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने उल्लेख छ ।
मुख्यमन्त्रीको मृत्यु भएमा अर्को मुख्यमन्त्री नियुक्ति नभएसम्मका लागि वरिष्ठतम मन्त्रीले मुख्यमन्त्रीको रुपमा कार्य सञ्चालन गर्ने व्यवस्था छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।