काठमाडाैँ, पुस ८
काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । शहीद सुहरावर्दी इनडोर स्टेडियम हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ ।
पहिलो खेलमा आयोजक बंगलादेशलाई हार ब्यहोर्येको नेपाली टोली आजको खेलमा जित निकाल्ने योजनामा छ ।नेपाल पहिलो खेलमा सोझो सेटमा पराजित भएको थियो । आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो बनाउने योजनामा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले आजको खेलमा जित निकाल्ने लक्ष्य भएको बताए ।
पहिलो खेलमा जित नजिक पुग्दा पनि केही गल्तीले गर्दा हार्न पुगेको भएपनि अजाको खेलमा त्यस्तो गल्ती नहुने बताए । श्रीलंका पनि आजको खेलमा पहिलो जित निकाल्ने योजनामा छ । श्रीलंका पहिलो खेलमा कीर्गिस्थनसँग सोझो सेटमा पराजित भएको थियो ।
आज नै हुने अर्काे खेलमा बंगलादेश र कीर्गिस्थानले प्रतिस्पर्धा गर्ने छन् । नेपालले च्याम्पियनसिपको पुष ९ गते लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ । प्रतियोगितामा आयोजक बंगलादेशसँगै कीर्गिस्थान, नेपाल र श्रीलंकाको सहभागिता छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।