काठमाडाैँ, पुस ६
अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जितेपछि देशभर उत्सव मनाइँदैछ । जनताको उत्साह यति थियो कि जनसागरका कारण टोलीका खेलाडीले विजय परेड पनि पूरा गर्न सकेनन् र उनीहरुलाई हेलिकप्टरबाट लैजानुपर्यो ।
अर्जेन्टिनाका खेलाडीहरूले राजधानी भिनोस सेरेसको मंगलोरमा खुला बसमा विश्वकपको साथ परेड निकाल्ने योजना बनाएका थिए । खेलाडी र कपको झलक हेर्न लाखौं मानिस सडकमा भेला भएका थिए । यो संख्या यति धेरै थियो कि खेलाडीको बसले निर्धारित रुट पनि पूरा गर्न सकेन । भीडका कारण बस गुड्ने ठाउँ पाएन र खेलाडीलाई हेलिकोप्टरमा राखेर लगियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बस पुलमुनि जाँदा केही फ्यानहरू बसमा चढ्न खोजिरहेका देखिन्छन् ।
कतारमा जारी फिफा विश्वकपको आइतबार भएको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकपको उपाधि जितेको हो । यसलाई अर्जेन्टिनाको फुटबल टिमका कप्तान लियोनेल मेस्सीको अन्तिम विश्वकप भनिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।