काठमाडाैँ, मंसिर २९
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ । भारतीय प्रशिक्षक प्रभाकरले आजैबाट लागु हुने गरी राजीनामा दिएको क्यानले जनाएको छ ।
तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।
हालै नामिबिया भ्रमणमा नेपालको विश्वकप लिग २ का ४ खेलमा नेपालले एउटै खेल जित्न सकेन । नेपालले लिग २ मा एउटै खेल जित्न नसकेको नामिबिया भ्रमण पहिलो शृंखला बन्यो । उनी आएपछि नेपालले तीन एकदिवसीय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि केन्या भ्रमण गरेको थियो । ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले र एकदिवसीय शृंखला नेपालले ३–० ले ‘क्लिन स्विप’ गरेको थियो । पछिल्लो १५ महिनामा नेपालबाट बाहिरिने उनी तेस्रो प्रशिक्षक हुन् ।
सन् २०२१ को सेप्टेम्बरमा डेभ ह्वाटमोर नेपाल छाडेर गएका थिए । उनको स्थानमा डिसेम्बर अन्तिममा आएका दासानायके पनि नेपालको प्रशिक्षकबाट ६ महिना पछि नै बाहिरिए त्यसपछि प्रभाकरलाई क्यानले नियुक्त गरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।