बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुगे मेस्सी

विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुगे मेस्सी

मेगा खबर संवाददाता

२८, मंसिर २०७९
  • 2.1K
    SHARES

  • विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुगे मेस्सी

    अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसी आफ्नै कप्तानीमा विश्वकपको उपाधि जित्ने सपनाको नजिक पुगेका छन् ।

    बुधबार कतारको लुसाइल रंगशालामा टीमको प्रभावशाली खेलसँगै अर्जेन्टिना फाइनलमा पुगेको छ । पेनाल्टीमार्फत एक गोल गरेका मेस्सीले थप गोलका लागि फरवार्ड जुलियनलाई महत्वपूर्ण असिस्ट गरे । 

    सेमिफाइनलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको हो । फाइनलमा आइतबार अर्जेन्टिनाले फ्रान्स र मोरोक्कोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्स र मोरोक्को  फाइनल प्रवेशका लागि बिहीबार राति पौने १ बजे प्रतिस्पर्धा गर्दैछन् । 

    आजको जितमा मेसीका साथै जुलियन एकअर्काका लागि परिपुरक जस्तै बने । खेलको ३४ औं मिनेटमा क्रोएसियाका गोलकिपरले १८ यार्ड बक्समा  जुलियनलाई फल गरेपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । जसको भरपुर सदुपयोग गर्दै मेस्सीले गोलको दिशा दिए । 

    पाँचौ पटक विश्वकप खेलिरहेका अर्जेन्टिनी स्टार मेस्सीले आफ्नो बायाँ खुट्टाले पोस्टको दायाँ कुनामा प्रहार गर्दै टीमलाई १–० को अग्रता दिलाए । विश्वकपमा अर्जेन्टिनाका लागि ११ गोल गर्दै कीर्तिमान बनाएका मेस्सीले कतार विश्वकपमा मात्रै ५ गोल गरिसकेका छन् । गोल्डेन बुटका लागि मेसीले आफ्नो दाबी कायमै राखेका छन् । 

    बुधबारको रोमाञ्चक खेलमा मेस्सीले गोल गरेको ५ मिनेटपछि जुलियनले एक गोल थप्दै अग्रता दोब्बर बनाए  । मेस्सीको हेडर पासमार्फत मध्यभागबाट बल लिएर अघि बढेका उनले क्रोएसियाको कडा डिफेन्स चिर्दै गोल गर्न सफल भएका हुन् ।

    पहिलो हाफमा २–० ले अगाडि रहेको अर्जेन्टिनाका लागि दोस्रो हाफमा फेरि जुलियनले मेस्सीको असिस्टमा अर्को गोल गरे । ६९ मिनेटमा गोल थप्दै उनले टीमलाई ३–० को अवस्थामा पुर्याएका हुन् । यसपछि दुबै टोलीबाट कुनै गोल हुन सकेन भने अर्जेन्टिना विजयी भयो । 

    अर्जेन्टिनाले  क्रोएसियालाई हराएर सन् २०१८ को विश्वकपको समूह चरणमा भोगेको ३–० को पराजयको बदला लिए । मेस्सीले विश्वकपमा २५ म्याच खेल्ने जर्मन खेलाडी लोथर म्याथुससँग बराबरी गरे । 

    अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा विश्वकपको उपाधि जितेयता अर्को उपाधि जित्न सकेको छैन । पछिल्लो पटक अर्जेन्टिना सन् २०१४ मा विश्वकपको फाइनलमा पुगेको थियो ।  

    बुधवार, मंसिर २८ २०७९०६:२७:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार