एजेन्सी। युरोपियन नेशनल लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनी र स्वीट्जरल्याण्ड १–१ को बराबरीमा रोकिएका छन्।
समूह ए फोरमा रहेको जर्मनी फुटबलको यो सिजनमा जित विहीन बनेको हो । १४ औँ मिनेटमा आइकेली गुण्डोगानको गोलबाट लिएको अग्रता जर्मनीले जोगाउन सकेन ।
स्वीट्जरल्याण्डका लागि ५७ औँ मिनेटमा सिल्भान विड्मरले बराबरी गोल फर्काए । जर्मनी लगातार दुई खेलमा बराबरीमा रोकिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।