बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेदरल्यान्ड्सका प्रशिक्षक लुइसले दिए राजीनामा

नेदरल्यान्ड्सका प्रशिक्षक लुइसले दिए राजीनामा

मेगा खबर संवाददाता

२५, मंसिर २०७९
  • 4.5K
    SHARES

  • नेदरल्यान्ड्सका प्रशिक्षक लुइसले दिए राजीनामा

    काठमाडौं-मंसिर,२५

    विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिनासँग हारेपछि नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।


    उनले भने, ‘म प्रशिक्षकको पदबाट राजीनामा दिन्छु । मैले यो पद केही समयको लागि मात्रै सम्हालेको थिएँ ।’
    उनले अगष्ट ४ मा तेस्रो पटक नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षकको रुपमा पद ग्रहण गरेका हुन् । त्यसयता गालको प्रशिक्षणमा नेदरल्यान्ड्सले २० खेल खेल्यो ।


    गाल भन्छन्, ‘मेरो तेस्रो कार्यकालमा नेदरल्यान्ड्सले २० खेल खेल्यो र एक खेल पनि हारेन ।’

    अर्जेन्टिनासँगको पेनाल्टीमा हार बेहोरेको बारेमा उनी भन्छन्, ‘मलाई लाग्दैन यो हार हो । हामीमा पेनाल्टीमा चुकेका हौं । यसलाई हार भन्न मिल्दैन ।’

    उनले जाँदा जाँदै आफूले एक उत्कृष्ट नेदरल्यान्ड्सको टोली निर्मण गरेको बताएका छन् । ‘म प्रशिक्षणबाट बिदा लिन लागे पनि एक उत्कृष्ट टिम बनाइ बिदा लिँदै छु । म यसलाई निकै सकरात्मक रुपमा लिन्छु’, उनले अर्जेन्टिनासँगको खेलमा हार बेहोरेपछिको पत्रकारसँगको कुराकानीमा भनेका हुन्।

    आइतवार, मंसिर २५ २०७९०४:०६:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार