बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तपाँईको आज

तपाँईको आज

मेगा खबर संवाददाता

२२, भाद्र २०७७
  • 3.9K
    SHARES

  • तपाँईको आज

    काठमाडौं । मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तीव्रता लिनेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

    वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज उन्नति प्रगतिको वातावरणमा समस्या आउला । पेसा वा व्यवसायका क्षेत्रमा व्यवधान आउन सक्छ, तर आफन्तको साथ मिल्नेछ ।

    मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।

    कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) आज धार्मिक समारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) शुभारम्भको चर्चा चल्नेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । छोटो यात्राको अवसर मिल्नेछ ।

    कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) आज आफन्त संग मनमुटाव बढ्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, स्वस्थ प्रति सचेत रहनु होला ।

    तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । छोटो यात्रा हुन सक्छ ।

    वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) आज बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गरेर अवसर र सफलता मिल्नेछ ।

    धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) आज लामो समयदेखि रोकिएका अधुरा कामहररू पुरा हुनेछन् । छोटो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
     
    मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्ययन र प्राविधिक कार्यमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।

    कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

    मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

     

    सोमवार, भाद्र २२ २०७७०६:४९:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार