बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

'पुष्पा २' मा अल्लु अर्जुनसँगै रामचरणलाई पनि देख्न पाईने

'पुष्पा २' मा अल्लु अर्जुनसँगै रामचरणलाई पनि देख्न पाईने

मेगा खबर संवाददाता

२५, मंसिर २०७९
  • 2.0K
    SHARES

  • 'पुष्पा २' मा अल्लु अर्जुनसँगै रामचरणलाई पनि देख्न पाईने

    दक्षिण भारतीय सुपरस्टार कलाकार अल्लु अर्जुन यतिबेला 'पुष्पा २'को लागि तयारीमा छन्। अघिल्लो सालको सुपरहिट चलचित्र 'पुष्पा: द राइज' को सिक्वेलका रूपमा रहेको फिल्म अहिले दर्शकका लागि बहुप्रतीक्षित बनेको छ।

    अझैसम्म पनि पहिलो भागको डायलग, गीत र आइकोनिक नृत्यले सबैलाई मनोरञ्जन गराइरहेको छ। अब भने दोस्रो भागले दर्शकहरूलाई कौतुहल बढाईरहेको छ।

    भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुष्पाका निर्देशक सुकुमार फिल्मलाई दोस्रो भागमा अझै रोचक बनाउन लागिपरेका छन्। उनी आफ्नै एउटा 'सिनेम्याटिक यूनिभर्स' बनाउने तयारीमा छन्। हलिउडमा 'मार्भल'को जस्तो।

    र, यसको लागि सुकुमारले रामचरणको साथ लिने भएका छन्। दक्षिण भारतीय चलचित्रका अर्का ठूला सुपरस्टार रामचरण अब पुष्पा २ मा देखिने भएका छन्। रामचरणको फिल्ममा केमियो भूमिका हुने बताइएको छ।

    सुकुमार र रामचरणले यसअघि 'रङ्गस्थलम' चलचित्रमा काम गरेका थिए। सोही रङ्गस्थलम फिल्मको 'चिट्टी बाबु'को भूमिकामा रामचरणले पुष्पा २ मा एन्ट्री गर्ने जनाएका  छन्।

    आजभोलि अधिकांश फिल्म निर्माता निर्देशकहरू आफ्नै 'सिनेम्याटिक युनिभर्स' बनाउन लागिपरेका छन्। यसको उदाहरण हो- बलिउड फिल्म निर्देशक रोहित शेट्टी। उनले आफ्नो फिल्ममा 'कप युनिभर्स' बनाएका छन्। जसको पछिल्लो उदाहरण उनको फिल्म 'सूर्यवंशी' हो। जहाँ 'सिंघम'देखि 'सिम्बा'सम्मका स्टार थिए।

    आइतवार, मंसिर २५ २०७९०९:५४:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार