बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

मेगा खबर संवाददाता

२४, मंसिर २०७९
  • 2.6K
    SHARES

  • नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

    काठमाडाैँ,मंसिर २४

    नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    टाइब्रेकरमा ४-३ को जित निकाल्दै दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिनाले अन्तिम चारमा क्रोएसियासँगको भेट पक्का गरे । निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समय हुँदै टाइब्रेकरमा धकेलिएको थियो । 

    अर्जेन्टिनाका लियोनल मेसी, लिन्ड्रो पारेडेस, गोन्जालो मोन्टिल र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे । अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार बाहिरिएको थियो । पेनाल्टीमा नेदरल्यान्ड्सका लुक डी योङ,वोउट वेघोर्स्ट र  टुन कुपमाइनर्सले गोल गर्दा भिर्गिल भान डाइक र स्टिभन बेर्घुइस पेनाल्टीमा चुकेका छन् ।

    एक समय २-० को आरामदायी अग्रतामा रहेको अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सले अन्तिम ७ मिनेटमा नाटकीय पुनरागमन गरेको थियो । इन्ज्युरी समयको दशौं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुगे । अतिरिक्त समयमा गोल नहुँदा खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो ।

    पहिलो हाफमा अर्जेन्टिनाले अग्रता लिँदै खेलमा पकड जमाएको थियो । दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । मोलिनाले ३५ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । उनले कप्तान लिओनेल मेसीको पासलाई सदुपयोग गरेका छन् ।

    ७३ औं मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्‍यो । पेनाल्टी क्षेत्रभित्र डेन्जेल डम्फ्राइजले मार्कस अकुनालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिए । मेसीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई २-० ले अघि बढाए । ८३ औं मिनेटमा नेदरल्यान्ड्सले गोल फर्काउँदै खेलमा फर्कने संकेत दियो । स्टिभन बर्घाउसको क्रसमा वुट वेघर्स्टले गोल गर्दै खेलमा अर्जेन्टिनाको अग्रता १ गोलमा घटाए । 

    इन्ज्युरी समयमा नेदरल्यान्ड्सले बराबरी गोल फर्कायो । फ्रिकिकमा बर्घिअसले दिएको चलाखीपूर्ण पासलाई वेघर्स्टले गोलमा परिणत गरेपछि खेल बराबर भएको थियो । अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ । 

    शनिवार, मंसिर २४ २०७९०७:४३:५०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार