काठमाडाैँ, मंसिर २२
चुनावबाट बागमती प्रदेश सभामा नेकपा एमाले खुम्चिएको छ ।
२०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी ६२ सिट जितेको एमालेले यसपटक २७ सिट जितेको थियो ।२०७४ सालको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ४६ र समानुपातिकतर्फ १६ सिट जितेको थियो । नेकपा एमालेले यसपटक प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेको छ ।
प्रदेश सभामा एमाले खुम्चिँदा सरकार गठनका लागि सत्ता गठबन्धनलाई आरामदायी बहुमत भएको छ । १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ । कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी गरी त्यहाँ ६५ सिट पुग्छ ।
बागमती प्रदेशमा नेकपा कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी ३७ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ गरी २१ सिट जितेको छ । नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी ७ सिट जितेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।