काठमाडाैँ, मंसिर २१
स्वीटजरल्याण्डमाथि शानदार जित निकाल्दै पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ ।
मंगलबार राति भएको खेलमा पोर्चुगलले स्वीटजरल्याण्डलाई ६–१ को फराकिलो अन्तरले पाखा लगाएको हो । यो खेलसँगै विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । पोर्चुगलले अब क्वार्टरफाइनलमा मोरक्कोसँग खेल्नेछ । आजै भएको पहिलो खेलमा मोरक्कोले पेनाल्टी सुटआउटमा स्पेनलाई ३–० ले हराउँदै पहिलो पटक क्वार्टरफाइनलमा स्थान बनाएको थियो।खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको पोर्चुगलले बाँकी गोल दोस्रो हाफमा गर्यो ।
पोर्चुगलको जितमा रामोसले ह्याट्रिक पुरा गरे। जारी विश्वकपमा यो पहिलो ह्याट्रिक हो । क्रिस्टियानो रोनाल्डोको स्थान लिदै सुरुवाती ११ मा स्थान बनाएका रामोसले खेलको १७, ५१ र ६७ औँ मिनेटमा गोल गर्दै ह्याटिक पुरा गरेका छन् ।
खेलको १७ औँ मिनेटमा रामोसको गोलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो। रामोसले जाओ फ्लीक्सको पासमा गोल गरेका थिए। ३३ औँ मिनेटमा कप्तान पेपेले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारेका थिए । खेलको ५१ औँ मिनेटमा रामोसले व्यक्तीगत गोल तथा टोलीका लागि तेस्रो गोल गर्दै खेललाई ३–० को अवस्थामा ल्याएका हुन् ।
खेलको ५५ औँ मिनेटमा राफेल गुइरिरोले गोल गर्दै पोर्चुगललाई ४–० को अग्रता दिलाए। त्यसको तिन मिनेटमा नै स्वीटजरल्याण्डले गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो स्वीटजरल्याण्डका मेनुअल एन्काजीले गोल गर्दै खेललाई ४–१ को अवस्थामा ल्याएका हुन् ।
६७ औँ मिनेटमा पोर्चुगललाई ५–१ को अग्रता दिलाउने क्रममा रामोसले ह्याट्रिक पुरा गरे । खेलको अतिरिक्त समयमा राफेल लियोले गोल गर्दै ६–१ को सानदार जित निकालेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।