बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल

जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल

मेगा खबर संवाददाता

१६, मंसिर २०७९
  • 1.6K
    SHARES

  • जनतासँग गरेको वाचा पूरा गर्छु : शिक्षामन्त्री पौडेल

    काठमाडाैँ, मंसिर १६

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताएका छन् । 

    नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताए । उनले निर्वाचनमा आफूले सार्वजनिक गरेका विकास र समृद्धिका योजनालाई पाँच वर्षमा पूरा गर्न हदैसम्मको प्रयासमा लाग्ने बताए । 

    “अधुरा काम पूरा गर्दै नयाँ विकासे आयोजना थप गर्ने छु,आगामी पाँच वर्षमा जनताको आधारभूत विकास शिक्षा, स्वास्थ्य, खानेपानी र सडकजस्ता योजना हदैसम्म सफल बनाइने छ”मन्त्री पौडेलले भने,“पाँच वर्षमा बागलुङको पश्चिम क्षेत्रमा धेरै विकासका ढोका खोलिनेछन् ।”

    उनले अबको केन्द्रीय र प्रदेश सरकारसमेत अहिलेको गठबन्धबाटै बन्ने जिकिर गरे । चुनावपछि जनताको साझा प्रतिनिधि भएको उल्लेख गर्दै मन्त्री पौडेलले पूर्वाधार विकासमा समान वितरण प्रणली लागू गरिने जानकारी दिए । 

    उनले ढोरपाटन–साल्झण्डी सडक निर्माणलाई तीव्रता दिने,केन्द्रीय प्रसारण लाइनलाई विस्तार गरिने,आफ्नो क्षेत्रका ठूला सडकमा पक्की पुल निर्माण गर्ने र ढोरपाटनको आलुलाई प्रवद्र्धन गर्ने बताए । 

     

    शुक्रवार, मंसिर १६ २०७९१२:४०:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार