बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदै

मेगा खबर संवाददाता

१०, मंसिर २०७९
  • 1.3K
    SHARES

  • फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदै

    फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् ।

    आज समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । ट्युनिसिया र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । डेनमार्कसँग बराबरी खेलेको टुनिसिया तीन अङ्क जोड्दै अन्तिम १६ मा आफूलाई बलियो बनाउने योजनामा छ ।

    अस्ट्रेलिया आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्ने योजनामा छ । आज हुने दोस्रो खेलमा समूह ‘सी’ पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ । पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । आजको खेलमा साउदी अरेबिया पोल्यान्डलाई हराउँदै अघिल्लो चरण प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ । यता पोल्यान्ड पहिलो जितको खोजीमा हुनेछ । पोल्यान्डले पहिलो खेलमा मेक्सिकोसँग बराबरी खेलेको थियो । 

    आज हुने तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । समूह ’डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । फ्रान्स लगातार दोस्रो जितको योजनामा रहेको छ । डेनमार्क पहिलो जित निकाल्न चाहन्छ ।

    आज हुने अन्तिम तथा चौथो खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

    आजको खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ । आजको खेल जित्न नसके अर्जेन्टिना समूह चरणबाटै बाहिरिने खतरा बढ्ने छ । पहिलो खेलमा अर्जेन्टिनाले साउदी अरेबियासँग हार बेहोरेको थियो ।

     

    शनिवार, मंसिर १० २०७९०६:४७:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार