अभिनेता सलोन बस्नेतले प्रेमिका करिश्मा केसी विवाह गर्ने भएका छन् ।
सलोन र करिश्माले यहि मंसिर १२ गते लगनगाँठो कस्न लागेका हुन् । विवाहका लागि दुवै तर्फमा आफन्त र साथीभाईलाई निम्तो कार्ड पुगिसकेको छ ।
सलोनको विवाह समारोह भोलिबाट सुरु हुने उनका बुबा शोभित बस्नेतले ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्माले ४ वर्षको प्रेमलाई पारिवारिक सहमतिमा विवाह गर्न लागेका छन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् ।
सलोन र करिश्माको विवाह भोज भने मंसिर १४ गते बुधबार होटल हायात प्यालेस सोल्टिमोडमा आयोजना गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।