काठमाडाैँ,मंसिर ८
मकवानपुर-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह विजयी भएका छन् ।
मतगणनाको अन्तिममा परिणाम उल्ट्याएर सिंह विजयी भएका छन् । सुरूमा भने तेस्रो स्थानमा रहेका सिंहले अन्तिम परिणाम २७८१६ मत पाए पहिलेदेखि अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्यायले २५४३४ मत पाइन् ।
नेकपा एमालेको चुनाव चिन्हबाट लडेका कमल थापाले २५४२० मत पाएका समेत छन् । सिंह गत स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा उपमहानगरपालिकाका मेयर उम्मेदवार बनेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।