बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुशान्त प्रकरणमा सीबीआईलाई पहिलो सफलतामा फ्यानद्वारा धन्यबाद व्यक्त

सुशान्त प्रकरणमा सीबीआईलाई पहिलो सफलतामा फ्यानद्वारा धन्यबाद व्यक्त

मेगा खबर संवाददाता

२०, भाद्र २०७७
  • 3.8K
    SHARES

  • सुशान्त प्रकरणमा सीबीआईलाई पहिलो सफलतामा फ्यानद्वारा धन्यबाद व्यक्त

    काठमाडौं। सुशान्त सिंह राजपुतको मृत्युको केसमा अनुस न्धानको क्रममा लागुऔषधको विषय उठेपछि एनसीबीको टोलीले रिया चक्रवर्तीको भाई शोविक र सुशान्तका हाउस म्यानेजर सैमुअल मिरान्डालाई हिरा सतमा लिएको छ । शोविक र सैमुअलको एनसीबीले आमन्ने सामन्ने राखेर सोधपुछ गर्नेछ । 

    एनसीबीको टोलीले रिया र सैमुअलको घरमा शुक्रबार छापा मारेको थियो । दुवैजनालाई एकै समयमा एनसीबीले खोजी गरी नियन्त्रणमा लिएको हो । १७ मार्च २०२० मा शोविक र सैमुअल मिरान्डाबीच च्याटिङ भएको थियो । उक्त च्याटमा शोविकले जैद मिलात्राको नाम सैमुअललाई दिएका थिए । सैमुअलले जैदलाई १० लाख रुपैयाँको ५ सय ग्राम ड्रग्स खरिद गर्न भनेका थिए । यसपछि सैमुलले जैदसँग सम्र्पक गरे । 

    यसै च्याटको आधारमा एनसीबीले अनुसन्धान गरिरहेको छ । उल्लेखनीय विषय सुशान्त सिंहको निधनको केसलाई सीबीआई, एनसीबी र ईडीले एकैपटक अनुसन्धान गरिरहेको छ । सामाजिक सञ्जालमा सुशान्तको केसको लागि उनीहरु पक्राउ परेको खबर सार्वजनिक भए लगतै सुशान्तको फ्यानहरुले खुसीको साथ सीबीआईलाई धन्यबाद द्रिएका छन् । 

     

    शनिवार, भाद्र २० २०७७०९:२८:४६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार