बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

माओवादीका वर्षमान पुनको दोब्बर मतको अग्रता

माओवादीका वर्षमान पुनको दोब्बर मतको अग्रता

मेगा खबर संवाददाता

६, मंसिर २०७९
  • 1.1K
    SHARES

  • माओवादीका वर्षमान पुनको दोब्बर मतको अग्रता

    काठमाडौं,मंसिर ६

    माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट दोब्बर मतले अग्रता लिएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुनले कुल मत १० हजार ९७३ मत गणना हुँदा ६ हजार ७६८ मत ल्याएका छन् ।

    नेकपा एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मत, राप्रपाका लिला राउतले ४६६ मत पाए ।प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता जोखबहादुर महराले ५ हजार ८९० मत एमालेका  एमालेका कमलबहादुर बुढाथोकीले २ हजार २०४ मत र राप्रपाका पदमबहादुर थापाले ६८२ मत मात्रै पाएका छन् ।

    प्रदेश सभा २ बाट सत्ता गठबन्धनबाट कांग्रेसका अमरसिंह पुनले २ हजार ८८१ मत एमालेका प्रेमबहादुर घर्तीले १ हजार ९६८ मत पाएका छन् । माओवादी रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुनले  ३ हजार ४९७ मत ल्याएका छन् ।

    सत्ता गठबन्धनका उम्मेदवार अमरसिंह  नेकपा एमालेका प्रेमबहादुर भन्दा बढी दीपेन्द्रले ल्याएका छन् । 

    मंगलवार, मंसिर ६ २०७९०४:०७:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार