काठमाडाैँ, मंसिर २
नेपालका गुल्सन झाले पहिलो विकेट लिँदै राम्रो सुरूआत गरेका थिए ।
खेलमा नेपालका गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिएका छन् । दिपेन्द्र सिहं ऐरीले १० ओभरमा २२ रन दिएर दुई विकेट लिए भने गुल्सन झाले ७ ओभर बलिङ गरेर ४२ रन दिँदै २ विकेट लिएका छन् ।
पार्ट टाइम बलर कुशल भुर्तेलले ७ ओभरमा ३२ रन दिएर २ विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले १-१ विकेट लिए । युएईका लागि ५ खेलाडीले दोहोरो अंकमा रन बटुल्न सके,अलिसान सराफुले ६९ बलमा ३३ रन बटुले भने युएईका पूर्व कप्तान रोहन मुस्तफाले ५६ बलमा २४ रन बटुले त्यस्तै मोहम्मद वामिसले ८ बलमा ११ रन बटुल्न सफल भएका छन् ।
उनीहरूले ११३ बलमा ८३ रनको साझेदारी गरे । आएन अफजल खानले ६४ बलमा ५४ रन र हजरत खानले ५३ बलमा २० रनको योगदान गरे।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।