काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सकिएको छ । शुक्रबार मध्यान्हदेखि बसेको मन्त्रिपरिषदको बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सिफारिस भने आएन् । बिहीबारमात्र सत्तारुढ दल नेकपाको सचिवालय बैठकले उनलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो ।
धेरैको चासो आजको मन्त्रिपरिषदले उनलाई सिफारिस गर्ने भन्नेतर्फ थियो । तर, मन्त्रिपरिषद बैठकमा त्यस प्रस्तावबारे कुनै सिफारिस नलगिएको बैठकमाा सहभागी एक मन्त्रीले समाचार दैनिकलाई बताए ।
ती मन्त्रीका अनुसार आजको बैठकमा अर्थ, संचार तथा सूचना प्रविधि मन्त्रीको राजीनामा बारे छलफल भएको थियो । उनले शुक्रबार साँझसम्म प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने भएका छन् । भदौ २० बाट संविधानतः विदा हुन लागेका खतिवडाले आज राजीनामा दिन लागेका हुन् । उनले प्रधानमन्त्री ओलीसमक्ष अहिलेसम्मको सम्र्पूर्ण आर्थिक अवस्थाको बारेमा बैठकमा जानकारी गराएका थिए ।
साथै, अहिलेको अवस्थाको बारेमा पनि उनले बैठकलाई जानकारी गराएको सहभागी ती मन्त्रीले बताए ।