बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

प्रिमियर लिगद्वारा चिनियाँ कम्पनीसँगको ५६.४ करोड पाउन्डको करार रद्द

प्रिमियर लिगद्वारा चिनियाँ कम्पनीसँगको ५६.४ करोड पाउन्डको करार रद्द

मेगा खबर संवाददाता

१९, भाद्र २०७७
  • 3.3K
    SHARES

  • प्रिमियर लिगद्वारा चिनियाँ कम्पनीसँगको ५६.४ करोड पाउन्डको करार रद्द

    प्रिमियर लिगले तत्कालबाट लागू हुने गरी चिनियाँ कम्पनीसँग गरिएको ५६।४ करोड पाउन्ड बराबरको करार रद्द गरेको छ । ‘ओभरसिज टेलिभिजन राइट’ को  हिसाबले चीन प्रिमियर लिगका लागि सबैभन्दा लाभदायक क्षेत्र थियो ।

    सन् २०१९ मा तीन सिजनका लागि गरिएको करार रद्द गर्नुमा राजनीतिकभन्दा आर्थिक कारण प्रधान रहेको बताइएको छ । स्ट्रिमिङ सर्भिस पीपीटीभीले गत मार्चमा १६ करोड पाउन्ड रकम नतिरेको बीबीसी स्पोर्टले जनाएको छ ।

    बिहीबार विज्ञप्ति जारी गर्दै प्रिमियर लिगले चीनको प्रशारणका लागि गरिएको करार रद्द गरिएको जानकारी दिएको छ । प्रिमियर लिगले यस विषयमा थप टिप्पणी नगर्ने बताएको छ ।

    पीपीटीभीमा सुनिङ होल्डिङको स्वामित्व रहेको छ । यसको सिरिए ए टोली इन्टर मिलानमा पनि सेयर रहेको छ ।

    घरेलु टेलिभिजन राइटको मूल्यमा गिरावट आइरहेको बेलामा प्रिमियर लिग क्लबहरुका लागि चीन बजार बृद्धिको अवसर बनेको थियो । अहिले धेरै प्रिमियर लिग क्लबमा चिनियाँ लगानीकर्ता तथा स्पोन्सरहरुको लगानी रहेका छन् ।

    महामारीमा टिकट बिक्रीको करोडौँ पाउन्ड गुमिरहँदा यो करार रद्द हुनुलाई अर्को ठूलो धक्का मानिएको छ । यसमा गत मार्चमा चिनियाँ कम्पनीले १६ करोड पाउन्ड तिर्न नसकेको कारण सुरु भएको कानुनी विवादबीच यो करार रद्द गरिएको भनिए पनि यसमा राजनीतिक कारण पनि रहेको आशंका गरिएको छ । चिनियाँ कम्पनी हुवावेलाई बेलायतको ५ जी नेटवर्कमा प्रवेशबाट रोक लगाएपछि पछिल्लो समय चीन र बेलायतको सम्बन्धमा चिसोपन देखिएको छ ।



    शुक्रवार, भाद्र १९ २०७७०९:००:०४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार