बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कपिल शर्माको सम्पत्ति कति ?

कपिल शर्माको सम्पत्ति कति ?

मेगा खबर संवाददाता

१८, भाद्र २०७७
  • 1.8K
    SHARES

  • कपिल शर्माको सम्पत्ति कति ?

    एजेन्सी । भारतीय कमेडियन कपिल शर्मा उनले गरेको कमेडीको कारण प्रख्यात छन् । उनले हासिल गरेको कमेडीको स्थान सबैभन्दा उच्च छ ।

    नामको साथै धन पनि कमाएका छन् । २०१६ र २०१७ मा फोब्सले भारतको शिर्ष १० सेलिब्रेटीहरुको सुचीमा उनको नाम पनि समावेश गरेको थियो । कपिल शर्मासँग भएका ३ गाडीहरुको मुल्य ८ करोड रुपैयाँ रहको छ । पन्जाबमा भएको घरको मुल्य २५ करोड बताइएको छ । मुम्बईमा भएको फ्ल्याट पनि धेरै महँगो छ ।


    एक रिर्पोटका अनुसार कपिलको कुल सम्पत्ति १७० करोड रुपैयाँ रहेको छ । उनको वार्षिक ३० करोड रुपैयाँ कमाई हुन्छ । उनले प्रयोग गर्ने महंगो कार मर्सिडिज बेंन्ज एस ३५० सीडीआई हो, जसको मुल्य १।२० करोड रुपैयाँ हो । भोल्भो एक्ससी ९० कार उनले दैनिक प्रयोग गर्दै आएका छन् । यसको मुल्य पनि लगभग त्यस्तै पर्छ ।

    यसको साथै कपिलसँग आफ्नै लक्जरी भ्यानिटी भ्यान छ, त्यसको मुल्य लगभग ५५० करोड रुपैयाँ पर्छ । २०१८ मा उनले यो भ्यान खरिद गर्दा मनोरन्जन इन्डस्ट्रीमा चर्चा भएको थियो । उनले आफ्नो भ्यानिटी भ्यान दिलिप छाब्रियासँग डिजाइन गराएका थिए ।

     

    बिहिवार, भाद्र १८ २०७७०६:०४:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार