इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको नापोलीले लिगमा लगातार ११ औँ खेलमा जीत हासिल रहेको छ ।
शनिबार भएको खेलमा नापोलीले उडिनेजेमाथि ३–२ को रोमाञ्चक जीत हासिल गरेको हो । पहिलो हाफमा भिक्टोर ओसिमहेन र पिओटर जेलिन्स्कीले गोल गर्दै नापोली दुई गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा इल्जीफ एल्मासले टोलीलाई ३–० को अग्रता दिलाए ।
खेलको अन्त्यतिर इलिजा नेस्टोरोभस्की र लाजार सामारडजीकले उडिनेजेका लागि गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । त्यसपछि कुनै गोल हुन नसकेपछि नापोली खेलमा विजयी बन्यो ।
जीतसँगै नापोलीले दोस्रो स्थानमा रहेको लाजियोसँगको दुरी ११ अंकको बनाउन सफल भएको छ । सिरिए एको इतिहासमा युभेन्टसपछि सुरुवाती १५ मध्ये १३ खेल जित्ने नापोली मात्र दोस्रो टोली हो ।
नापोलीले सन् १९८६–८७ र १९८९–९० मा दुई पटक लिग उपाधि जितको छ । त्यतिबेला डिएगो म्याराडोना क्लबमा थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।