रियल मड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी २ अंकमा झारेको छ ।
विश्वकपको ब्रेकअघि बिहीबार भएको खेलमा रियलले काडिजलाई २–१ गोलले हराए । खेलको ४० औँ मिनेटमा टोनी क्रुसको फ्रिककमा हेडमार्फत गोल गर्दै एडर मिलिटाओले रियललाई अग्रता दिलाए ।
दोस्रो हाफमा क्रुसले पेनाल्टी एरिया बाहिरबाट उत्कृष्ट भलीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर काडिजका लुकास पेरेजले एक गोल फर्काए पनि टोलीले खेलमा पुनरागमन गर्न सकेन । १४ खेलपछि बार्साको ३७ अङ्क रहेको छ भने रियलको ३५ अङ्क छ ।
तेस्रो स्थानमा रहेको रियल सोसिडाडको २६ अङ्क रहेको छ । अब विश्वकप नसकेसम्म स्पेनिस ला लिगाका खेलहरू खेलाइनेछैन । ३१ डिसेम्बरबाट पुनः लिग खेलहरू सञ्चालन हुनेछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।