बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ बाट बाहिरियो

दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ बाट बाहिरियो

मेगा खबर संवाददाता

२०, कार्तिक २०७९
  • 1.8K
    SHARES

  • दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ बाट बाहिरियो

    काठमाडाैँ, कार्तिक २०

    दक्षिण अफ्रिका आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ बाट बाहिरिएको छ ।

    आज बिहानै भएको खेलमा नेदरल्यान्ड्ससँग १३ रनले पराजित हुँदै दक्षिण अफ्रिका बाहिरिएको हो । एडिलेडमा नेदरल्यान्ड्सले दिएको रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १४५ रन बनायो ।

    दक्षिण अफ्रिकाका लागि रेल रोसोले सर्वाधिक २५ रनको योगदान गरे । हिरिस काल्सेनले २१ रन बनाउँदा कप्तान टेवा बाभुमाले २० रनको योगदान गरे । बलिङतर्फ नेदरल्यान्ड्सका लागि बर्नान्डो ग्लोभरले तीन विकेट लिए ।  फ्रेड कालेसेन र बास डिलिडले दुई–दुई विकेट लिए ।  

    यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाउँदै १५८ रन बनाएको थियो ।नेदरल्यान्ड्सका लागि कोलिन आर्करमले सर्वाधिक ४१ रनको योगदान गरे । स्टेफिन माइब्रुसले ३७ रन बनाउँदा टोम कोपरले ३५ रन जोडे । दक्षिण अफ्रिकाका लागि केशव महाराजले दुई विकेट लिए । नोर्टेज र एडेन मार्करमले एक–एक विकेट लिए । 

    यो नतिजासँगै ४ खेलबाट ६ अंक जोडेको भारत सेमिफाइनलमा पुगेको छ । दक्षिण अफ्रिका ५ खेलबाट ५ अंक जोडेर बाहिरिएको छ ।  ४ खेलबाट समान ४ अंक भएका पाकिस्तान र बंगलादेश मध्य एक टोली सेमिफाइनलमा पुग्नेछ । 

    आइतवार, कार्तिक २० २०७९१०:००:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार